
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले पर्यटन मन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा निधनपछि धारणा सार्वजनिक गर्दै देशले एक आशातीत नेता गुमाएको जनाएका छन् ।
नेता थापाले ट्विट गर्दै मन्त्रीको निधनको खबरले स्तब्ध भएको जनाएका छन् ।
नेता थापाले ट्विटरमा लेखेका छन्, ‘रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए, मनमा झिनो आशा थियो । तर त्यो आशा धेरै समय टिक्न सकेन । मैले आज एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता ! रविन्द्र दाइ लगायत सबैमा हार्दिक श्रद्धाञ्जली !!’