०१ असार २०८३, सोमबार

सरकारद्वारा राष्ट्रिय शोक घोषणा, भोलि सार्वजनिक बिदा दिने निर्णय

फागुन १५, २०७५
सरकारद्वारा राष्ट्रिय शोक घोषणा, भोलि सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं– सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार बिहीबार सरकारले मन्त्री अधिकारीसहितको निधनमा राष्ट्रिय शोक दिन घोषणा गरेको छ । सरकारी, सार्वजनिक निकाय, विदेशस्थित कुटनीतिक नियोग तथा राजदुूतावासलगायतका स्थानमा राष्ट्रिय झण्डा आधा झकाउने  निर्णय पनि सरकारले गरेकाे छ । 

यस्तै बैठकले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न योग्य प्रसाद गौतमको अध्यक्षतामा दीपक बास्तोला, प्रमोद लामा र  बुद्धिसागर लामिछाने सदस्य रहेको समिति पनि गठन गरेको छ । 

यस्तै मृतकहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि बैठकले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्