२३ असार २०८३, मंगलबार

पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुग्यो, २ जना बेपत्ता [अपडेट]

साउन ७, २०७६
पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुग्यो, २ जना बेपत्ता [अपडेट]

बुटवल- गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ भने २ जना बेपत्ता भएका छन् ।

जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । मुत्यु हुनेमा सत्यवती गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय छल्ली बिक, १२ वर्षीया अञ्जली बिक, १० वर्षिय हेमन्त बिक, १० वर्षीया सिवानी बिक, ६० वर्षीय, छल्दली बिक र ३० वर्षिय पंखु बिकको मृत्यु भएको पौडेलले बताए । 

त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन थलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीया तिलकुमारी तरामु र ९ वर्षीय दर्शन तरामुको मुत्यु भएको उनले बताए ।

सोही वडामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीया माया बिक र १६ वर्षीय गबी बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती-४ का १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएका छन् । गएरातिदेखि परेको भारी वर्षाले घरमाथिबाट पहिरो जाँदा सुतिरहेकाहरूको मृत्यु भएको हो ।

उद्धारको लागि जिल्लाबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश रायमाझीसहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य शुरू गरेको प्रजिअ पौडेलले बताए । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ पर्छ । 

salt training

कमेन्ट गर्नुहोस्