माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चियापान समारोहमा राजनीतिले कोल्टे फेर्दै जाने कुरा गरे ।
नेपाली कांग्रेसले आयोजना गरेका कार्यक्रममा जाँदा आफूलाई सहयात्रीकै बीचमा गएको महसूस हुने बताउँदै प्रचण्डले भने, 'मलाई सहयात्रीहरूकै बीचमा आएको महसूस हुन्छ, हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ । मलाई विश्वास छ हाम्रो सहयात्रा जारी रहनेछ ।'
प्रचण्डले राजनीतिले कोल्टे फेर्न सक्ने सम्भावना औंल्याएपछि उपस्थित सञ्चारकर्मीहरूले प्रचण्डलाई थप प्रश्न गरे, 'दुई तिहाइको सरकार चलिरहेको बेलामा कांग्रेससँग कस्तो सहयात्रा गर्ने ?' सञ्चारकर्मीहरूको प्रश्नमा प्रचण्डले जवाफ दिए, 'अहिले दुईतिहाइको कुरा नगरौं भन्ने लाग्या छ ।'
शान्त बनेको राजनीतिक तलाउमा कहिले काहीँ ढुंगा हानेर आनन्द लिने प्रचण्डले यसपटक पनि ठूलै ढुंगा हाने । राजनीतिले कोल्टे फेर्न सक्ने प्रचण्डको अभिव्यक्ति चानेचुने होइन ।
राजनीतिक वृत्तलाई प्रचण्डको अभिव्यक्तिको सन्देशले पुनः एकपटक तरंगित पारेको छ ।
प्रचण्डमा 'महरा इफेक्ट' !
यौनदुर्व्यवहारको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि नेकपाभित्र पूर्व माओवादी खेमालाई सिध्याउन कुनै न कुनै शक्ति लागि परेको कतिपय नेताहरूको बुझाइ छ ।
नाम उल्लेख नगर्ने शर्तमा पूर्व माओवादी पक्षका एक केन्द्रीय कमिटी सदस्यले लोकान्तरसँग भने, 'नेकपाभित्र अहिले ठूलो खेल चलिरहेको छ । पूर्वमाओवादी नेताहरूलाई सिध्याउने मिसन नै चलेको जस्तो देखियो । यस्तो अवस्थामा अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरूले आफ्नो पोजिसन क्लियर गरेर राजनीतिक कदम चाल्नुपर्ने देखिन्छ ।'
'के प्रचण्डले त्यही कदम चाल्न खोजेको हो त ?' भन्ने प्रश्नमा उनले भने, 'अहिलेको यथार्थमा सत्ता समीकरण परिवर्तन गर्न गाह्रो र जोखिम छ, तर अध्यक्ष कमरेड प्रचण्डमा त्यो जोखिम बहन गर्ने हिम्मत पनि छ । उहाँले सम्भवतः हिसाबकिताब गरेरै बोल्नुभएको हो ।'
प्रचण्ड 'राजनीतिक जुवाडे' !
राजनीतिक विश्लेषक श्याम श्रेष्ठले प्रचण्डलाई जुवाडे राजनीतिज्ञको संज्ञा दिए ।
'राजनीतिक जुवाडे हुन् प्रचण्ड,' लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, 'राजनीतिमा जुवा खेल्न रुचाउने व्यक्ति भनेर प्रचण्डलाई चिनिन्छ । उल्टो बाँकटे हानेर नदीको भेल तर्न खोज्ने खाले मान्छे हुन् उनी ।'
श्रेष्ठले अहिल्यै नेकपाभित्र ठूलो पहिरो जान नसक्ने बताए । 'अहिले नेकपा फुटिहाल्ने बिन्दुमा देखिँदैन, पार्टीभित्र द्वन्द्व पनि देखिँदैन,' श्रेष्ठले भने, 'यदि मनमुटाव, द्वन्द्व भएको भए सत्तासमीकरण नै परिवर्तन गर्न उनी लागेको अनुमान गर्न सकिन्थ्यो । अहिले प्रचण्डअनुकूलको कुनै वातावरण नेकपामा छैन ।'
महरा प्रकरणपछि अबको शिकार आफू हुन सक्ने प्रचण्डलाई लागेको हुनसक्ने श्रेष्ठको तर्क छ । तर यतिमै प्रचण्डले ठूलो विद्रोह गरेर राजनीतिक समीकरण नै परिवर्तन गर्ने आधार तयार नभइसकेको श्रेष्ठ बताउँछन् ।
'राजनीतिलाई तरंगित पारिरहन खोज्ने प्रचण्डको पुरानो स्वाभाव हो,' श्रेष्ठले भने, 'सोझो अर्थमा उनलाई बुझ्न गाह्रो हुन्छ । अरुले बोलेको भए यो त्यति ठूलो कुरा हुँदैनथ्यो । उनले विगतमा पनि त्यस्तो बोलेको रेकर्ड छ ।'
प्रचण्डप्रतिकूल राजनीतिक यथार्थ
राजनीतिक विश्लेषक टिका ढकाल पनि अहिलेको राजनीतिक परिस्थिति प्रचण्ड अनुकूल नभएको टिप्पणी गर्छन् । सत्ता समीकरण नै परिवर्तन गर्न मिल्ने सुविधाजनक परिस्थिति प्रचण्डसँग नभएको ढकालको दाबी छ ।
'प्रचण्डसँग सत्ता समीकरण नै परिवर्तन गर्न मिल्ने सुविधाजनक परिस्थिति अहिले छैन,' लोकान्तरसँग कुरा गर्दै ढकालले भने, 'आजको राजनीतिक यथार्थ प्रचण्डको बोलीभन्दा फरक छ । यो उहाँले पनि बुझ्नुभएको छ ।'
बरू क्याबिनेट हेरफेर गर्ने सन्दर्भमा प्रचण्डको केही रिजर्भेसन हुन सक्ने तर त्यो मुद्दा त्यति ठूलो नभएको ढकालले बताए ।
भाषण नितान्त औपचारिक !
नेकपाका स्थायी कमिटी सदस्य तथा प्रचण्डका निकट मानिने नेता अग्नि सापकोटाले प्रचण्डको अभिव्यक्ति नितान्त औपचारिक भएको प्रतिक्रिया दिए ।
सोमवार लोकान्तरसँग कुरा गर्दै सापकोटाले भने, 'उहाँले कांग्रेसको चियापान समारोहमा जे बोल्नुभयो त्यो नितान्त औपचारिक भाषण हो । त्यसको सन्देश, संकेत या अर्थ केही पनि छैन ।'
कांग्रेससँग धेरै मुद्दामा पहिला पनि सहकार्य गर्दै आइरहेको र अब पनि सहकार्य हुन सक्ने विषय नौलो नरहेको सापकोटाको तर्क छ ।
हामी किन उत्साहित हुनु ? - कांग्रेस
राजनीतिले कोल्टे फेर्न सक्ने प्रचण्डको अभिव्यक्तिले आफूहरू खुसी वा उत्साहित नहुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताउँछन् ।
लोकान्तरसँग कुरा गर्दै पौडेलले भने, 'हामी किन उत्साही हुनु ? उहाँले औपचारिकताका कुरा मात्र गर्नुभएको हो । शुभकामना आदान–प्रदान कार्यक्रममा बोलिने शुभ, राम्रो र मीठो कुरा हो त्यो (प्रचण्डले बोलेको) ।'
पौडेलले प्रधानमन्त्री केपीशर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि कांग्रेसका बारेमा राम्रै बोलेको स्मरण गरे ।
'माधव नेपालले त जयनेपाल नै भन्नुभयो नि !' पौडेलले भने, 'प्रचण्डले पनि कांग्रेससँग सहकार्य गरेर अघि जाने कुरा गर्नुभयो । यसमा के नौलो छ र ? राजनीतिले कोल्टे फेर्ने कुरा गरेर यदि उहाँले अन्य केही संकेत दिन खोज्नुभएको भए उहाँलाई नै थाहा होला ।'
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...