०८ साउन २०८३, शुक्रबार

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

असार २४, २०८३
काठमाडौं
मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

सरकारले मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

यसैगरी, काठमाडौं उपत्यका प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य (काठमाडौं)लाई नियुक्त गर्ने निर्णय भएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्