३१ जेठ २०८३, आइतबार

प्रदेश प्रमुख हटाएपछि कांग्रेसको प्रतिक्रिया : सरकारको काम पूर्वाग्रही !

कात्तिक १७, २०७६
प्रदेश प्रमुख हटाएपछि कांग्रेसको प्रतिक्रिया : सरकारको काम पूर्वाग्रही !

काठमाडौं – ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति विपरीतको काम गरेको कांग्रेसको प्रतिक्रिया छ । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । प्रदेश प्रमुख हटाइएकोबारे लोकान्तरलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सरकारको काम पूर्वाग्रही भएको बताए । ओलीले सहमतिको कुरा गरेर परिवर्तन पक्षधर दललाई बिच्काउने काम गरेको उनले प्रतिक्रिया दिए ।

‘प्रदेश प्रमुखको पद कार्यकारी होइन, उनीहरूले त्यस्तो गलत केही गरेका थिएनन्, सरकारको यो निर्णयको हामी घोर विरोध गर्छाैं,’ खाणले लोकान्तरसँग भने ।

पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते ७ वटै प्रदेशमा प्रदेश प्रमुखको नियक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । 

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि तत्कालीन देउवा सरकारले गरेका राजनीतिक नियुक्ति एकमुष्ठ खारेज गर्ने निर्णय गरेको थियो । त्यो बेला पनि कांग्रेसले विरोध जनाएको थियो ।

नियुक्तिको झण्डै २१ महिनापछि मन्त्रिपरिषद्को आइतवारको बैठकले प्रदेश प्रमुख हटाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो । 

आइतवार साँझ बोलाइएको मन्त्रिपरिषद् बैठकले नयाँ प्रदेश प्रमुखको नियुक्ति गर्ने सम्भावना छ । 

राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुख पदमुक्त

salt training

कमेन्ट गर्नुहोस्