२७ असार २०८३, शनिबार

व्यवसायी चन्द्र ढकालले गरे निर्माणाधीन रंगशालालाई एक करोड सहयोग

व्यवसायी चन्द्र ढकालले गरे निर्माणाधीन रंगशालालाई एक करोड सहयोग

व्यवसायी एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको तर्फबाट धुर्मुस-सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि व्यवसायी ढकालले एक करोड रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका हुन् । 

सोमवार अध्यक्ष ढकाल रंगशाला निर्माण स्थलमा जारी धनधान्याचल महोत्सवमा सहभागी भई उक्त रकम सहयोगको घोषणा गरेका हुन् ।

क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न पाउँदा आफू हर्षित भएको उनले बताए । 

ग्लोबल आईएमई बैंक नेपालको ठूलो कमर्सियल बैंक हो । 

salt training

कमेन्ट गर्नुहोस्