२७ असार २०८३, शनिबार

उहानमा रहेका विद्यार्थीका अभिभावक भन्छन्, ‘छिटो उद्धार गरेर नेपाल ल्याइयोस्'

उहानमा रहेका विद्यार्थीका अभिभावक भन्छन्, ‘छिटो उद्धार गरेर नेपाल ल्याइयोस्'

अभिभावकहरूले चीनको उहान सहरमा रहेका आफ्ना आफन्त विद्यार्थीलाई तत्काल स्वदेश ल्याउन सरकारसँग माग गरेका छन्।

चीनमा रहेका नेपाली  कोराना भाइरसबाट संक्रमित नभएको खबर सार्वजनिक भइरहेका बेला अभिभावकहरुले आफन्तलाई नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका हुन्। 

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा अभिभावकहरुले आफ्ना सन्तान संकटबाट गुज्रँदा आफूहरु निकै ठूलो पीर र मर्कामा परेको बताएका छन्। 

चीनमा रहेकी विद्यार्थीकी अभिभावक सोमीला कक्षपतिले  भनिन्, 'चीनमा रहेका नेपाली कोहीपनि यो भाइरसबाट संक्रमित छैनन् भन्ने खबर छ तर सरकारले उनीहरुले नेपाल ल्याएकाे छैन। चाँडाे ल्याइयाेस् ।’

चीनको उहानमै ईन्टर्नल मेडिसिन अध्ययनरत डा सुमन श्रेष्ठले आफू जनवरी २ तारिखमात्रै काठमाडौं आएको बताए। उनले भने, ‘नेपाल सरकारले कुनै संकोच नमानीकन नेपालीहरुलाई स्वदेश फर्काउनुपर्छ । त्यहाँ रहेका नेपालीहरु कोही पनि संक्रमित छैनन् । तर, उहाँहरुलाई नेपाल ल्याउनको लागि सरकार डराएको छ ।’

चिकित्सक डा प्रकाश कँडेलले पनि संक्रमित नहुँदै सरकारले उद्धार गर्नुपर्ने बताए। 

 

salt training

कमेन्ट गर्नुहोस्