०६ असार २०८३, शनिबार

कोरियामा नेपालीका लागि रोजगारीको कोटा वृद्धि गर्न सरकारको आग्रह

माघ २७, २०७६
कोरियामा नेपालीका लागि रोजगारीको कोटा वृद्धि गर्न सरकारको आग्रह

नेपालले दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेको छ।

आफूलाई भेटेका दक्षिण कोरियाका राजदूत पार्क योङसिकलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका हुन्।

उनले कोटा वृद्धि भएमा भाषा तथ सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताए। यादवले कोरियामा रहेका नेपाली श्रमिकलाई त्यहाँको पेन्सन प्रणालीमा समेट्न पनि आग्रह गरे। भेटमा मन्त्री यादवले इपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

सो अवसरमा उनले तालिम प्रदायक संस्थाको क्षमता विस्तारमा कोरिया सरकारसँग सहयोगका लागि आग्रह गरेका थिए। 

राजदूत योङसिकले दक्षिण कोरियामा रहेका नेपाली श्रमिकले गरेको कामको प्रशंसा गर्दै भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित बनाउन पूर्वाधार निर्माण गर्ने बताएका थिए। कोरियामा रहेका नेपाली कामदारको आत्महत्यासम्बन्धी विषयलाई सरकारले गम्भीरताका साथ लिएको उल्लेख गर्दै उनले आत्महत्या न्यूनीकरणका लागि आवश्यक प्रबन्ध गर्ने बताए।

उनले नेपाली श्रमिकका परिवारसँगको सम्पर्कलाई थप सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्