२३ असार २०८३, मंगलबार

सरकारको दबाबमा गच्छदारमाथि भ्रष्टाचार मुद्दा : कांग्रेस

सरकारको दबाबमा गच्छदारमाथि भ्रष्टाचार मुद्दा : कांग्रेस
कांग्रेस पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमितिकोे बैठकमा सहभागी उपसभापति विजयकुमार गच्छदार। तस्वीर : रोशन सापकोटा/रासस

नेपाली कांग्रेसले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको बताएको छ। 

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले आयोगले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको आरोप लगाएको हो।

‘यो कार्य राजनैतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ, यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ,’ बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

नेता गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनेछन् भन्ने कांग्रेसको विश्वास छ। 

salt training

कमेन्ट गर्नुहोस्