०१ साउन २०८३, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रको दौडधुप, फेरि भारत भ्रमणमा निस्कँदै

माघ २८, २०७६
पूर्वराजा ज्ञानेन्द्रको दौडधुप, फेरि भारत भ्रमणमा निस्कँदै

झापा फकिका पूर्वराजा ज्ञानेन्द्र शाह पुनः भारत भ्रमणमा निस्कने भएका छन् । यही फागुन १ गते काठमाडौं फर्केलगत्तै तीन दिन काठमाडौंको बसाइपछि ४ गते पुनः भारत भ्रमणमा निस्कन लागेका हुन् । 

स्रोतका अनुसार भारतको कुन ठाउँ जाने भन्ने विषय खुलाइएको छैन। १ गते काठमाडौं आउने र कर्मचारीसँग बैठक बसी भारत भ्रमणको स्थान र कार्यतालिका तय गर्ने छन् ।

दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टि गार्डेनमा बसेका ज्ञानेन्द्रको सुरक्षासहितको कन्भेटोली उनी आएको भोलिपल्ट फागुन २ गते काठमाडौं फर्कने भएको छ । 

उनीसँगै पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र सबै कर्मचारी काठमाडौं फर्कनेछन्। 

‘करिब दुई साता लामो भारत बसाइपछि उनी काठमाडौं फर्कने र पुनः पूर्वाञ्चलको भ्रमणमा निस्कने भएका छन्,’ स्रोतले भन्यो । 

ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्किएपछि यही फागुन ७ गते पूर्वरानी कोमलको जन्मोत्सव नमनाइने भएको छ । पटकपटक भारत भ्रमणमा निस्कने गर्नुभएका ज्ञानेन्द्र यो भ्रमण नितान्त व्यक्तिगत भनिए तापनि उच्च तहसँग भेट हुने सम्भावना रहेको निर्मल निवास स्रोतले जनाएको छ । 

गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र फेरि भारत जान लागेका हुन् ।

यो वर्ष देशको विभिन्न क्षेत्रको भ्रमण गरेका ज्ञानेन्द्रले जिल्ला दौडाहाको क्रममा विभिन्न तहका नेता र कार्यकर्तासँग भेट गरेका थिए ।

करिब चार महिनाअघि ज्ञानेन्द्रले पश्चिम नेपालको बुटवल, लुम्बिनीलगायत विभिन्न जिल्लाका मठमन्दिर भ्रमण गरी आफ्नो पक्षमा जनमत बनाएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्