१३ असार २०८३, शनिबार

मालपोत कार्यालय लहानमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर

मालपोत कार्यालय लहानमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।

शुक्रवार बैंकका कायममुकायम सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए । 

एक्सटेन्स काउन्टरको सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण रहेको बताए ।

खड्काले प्रतिस्पर्धी बैंकको रूपमा ग्राहकलाइ सेवा दिइरहेको बताउँदै आगामी दिनमा अझ उच्चस्तरको सेवा र सुविधा दिँदै जाने बताए । उनले बैंकको काउन्टरले मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाइ राहत मिल्ने विश्वास व्यक्त गरे ।

शुभारम्भ कार्यक्रममा मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुने गरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए । सो अवसरमा नेपाल बैंकका प्रदेश नम्बर २ का प्रमुख प्रतिभा डंगोलले बैंकले अघि सारेका विभिन्न योजनाबारे जानकारी गराएकी थिइन् । एक्सटेन्स काउन्टरको शुभारम्भमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत बलारामत दाहाल सशस्त्र प्रहरीका डिएसपी अर्जुन सापकोटा, बैंकको लाहान शाखाको शाखा प्रबन्धक सुरेन्द्रप्रसाद यादव लगायत सहभागी रहेका थिए ।

बैंकका प्रवक्ता अधिकारीका अनुसार हाल नेपाल बैंकले १७६ शाखा, २५ वटा एक्सटेन्स काउन्टर र ११६ एटीएम मशिनबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटीएमको संख्या १४९ पुर्‍याउन लागेको र २०७७ सालको असार मसान्तसम्ममा २०० शाखाबाट सेवा प्रदान गर्ने अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्