
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नोभल कोरोना भाइरसको औपचारिक नाम ‘कोभिड-१९’ दिएकाे छ।
डब्ल्यूएचओले चीनको हुवेइ प्रान्तमा पहिलो पटक सन् २०१९ मा देखा परेर फैलिएको उक्त भाइरसको औपचारिक नाम राखेको हो।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले भनेका छन्,‘कुनै ठाउँ‚ जनावर र समुदाय विशेषबाट प्रभावित नभइ भाइरसको नामाकरण गर्नुपर्ने भएकाले यस्तो नामाकरण गरेका हौँ। नयाँ नाम उच्चारण गर्न पनि सहज रहेको छ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक खबर अनुसार कोभिड-१९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार नाघिसकेको छ