
नगद कारोबारलाई कम गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न सरकारले ल्याएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको सुविधा मंलबारदेखि शुरू भएको छ ।
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक राजस्व विभागले तयार गरेको उक्त प्रणालीको औपचारिक शुरूवात गरेका हुन् ।
कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैङ्कको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी त्रिपुरेश्वरको भाटभटेनी सुपरमाकेट र केकेएफसीको न्युरोड शाखावाट कर लाग्ने बस्तु तथा सेवाको खरिदमा उपभोक्तालाई भ्याट फिर्ता शुरू गरिएको थियो। गोरखापत्र दैनिकमा खबर छ ।