३१ जेठ २०८३, आइतबार

विद्युत महशुल समायोजन–खपत बढ्दा बढी शुल्क प्रस्ताव

माघ २९, २०७६
विद्युत महशुल समायोजन–खपत बढ्दा बढी शुल्क प्रस्ताव

जति धेरै विजुली बाल्यो त्यति नै महसुल दर कम भन्ने मान्यताका आधारमा विद्युत् महशुल निर्धारण गर्ने भनिए पनि नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको गार्हस्थ उपभोक्ताको मूल्य संरचनामा भने खपत बढ्दै जाँदा शुल्क पनि
बढ्ने प्रस्ताव गरेको पाइएको छ ।

साना ग्राहकलाई सहुलियत दिने गरी पाँच एम्पायर क्षमता जडान गरेका ग्राहकलाई १० युनिटसम्म इनर्जी शुल्क नलिने प्रस्ताव गरे पनि न्यूनतम शुल्कका रूपमा मासिक ३० रुपियाँ भने लिने गरी नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगमा प्रस्ताव पठाएको छ।

महसुल समायोजन प्रस्ताव अनुसार सिङ्गल फेज ग्राहस्थ उपभोक्तालाई छ समूहमा राखिएको छ । यस अनुसार ०-१०, ११-२०, २१-५०, ५१- १००, १०१-२५० र २५० भन्दा बढी  गरी समूह निर्धारण गरिएको छ ।

सबै भन्दा कम शुल्क विद्युत् प्राधिकरणले फेज आउट गर्न चाहेको पाँच एम्पियर क्षमताका ग्राहकलाई राखिएको छ। त्यसमाथिका ग्राहकलाई ५० रुपयाँ न्यूनतम शुल्क चार रुपियाँ प्रतियुनिट प्रस्ताव गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्