०२ असार २०८३, मंगलबार

लज्जास्पद हारपछि अमेरिकी राजदूत बेरीको प्रतिक्रिया - अमेरिकी टीमले नेपालबाट सिक्नुपर्छ

लज्जास्पद हारपछि अमेरिकी राजदूत बेरीको प्रतिक्रिया - अमेरिकी टीमले नेपालबाट सिक्नुपर्छ

नेपाल-अमेरिकाबीच भएको एकदिवसीय क्रिकेट खेलमा नेपालले ८ विकेटको फराकिलो जित हासिल गरेपछि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरीकी टीमले सिक्नुपर्ने कुरा धेरै रहेको प्रतिक्रिया दिएका छन् ।

राजदूत बेरी क्रिकेट रंगशालामै उपस्थित भएर म्याच हेरिरहेका थिए ।

सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै बेरीले यो अचम्मको अनुभव रहेको बताएका छन् । 'अमेरिकी टीमले यस्ता खेलहरूबाट धेरै सिक्नु पर्छ,' उनले लेखेका छन् ।

राजधानीको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा बुधवार नेपाल र अमेरिकी क्रिकेट टीमले एकदिवसीय क्रिकेट म्याच खेलेका थिए ।

नेपालले ३५ रनमै अमेरिकी टोलीलाई समेटेको थियो । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक न्यून स्कोर हो ।

salt training

कमेन्ट गर्नुहोस्