×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा श्रद्धाञ्जलि सभा आयोजना गर्ने भएको छ ।

Muktinath Bank

पार्टी एकताले २ वर्षको यात्रा तय गर्नै लाग्दासमेत नेकपाभित्र पुराना विचार समूहको बोलबाला रहेको आरोप लागिरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसमा एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीभित्र अझै पनि पूर्व एमाले र पूर्व माओवादी खेमाबीच बेलाबेलामा जनयुद्धलाई लिएर पेचिलो बहस हुने गर्छ ।


Advertisment
Nabil box
Kumari

पूर्व एमालेका केही नेताहरूलाई अझै पनि माओवादीको इतिहास स्वीकार गर्न नसकेको आरोप लाग्दै आइरहेको छ भने पूर्व माओवादीका केही नेताहरू पूर्व एमालेका कतिपय वैचारिक दृष्टिकोणप्रति सकारात्मक नदेखिएको आरोप लाग्ने गर्छ ।

Vianet communication

आरोपलाई पुष्टि गर्दै पूर्व एमाले समूहका एक स्थायी कमिटी सदस्यले एउटै मञ्चबाट दुवै अध्यक्षले सम्बोधन गर्दैमा जनयुद्ध पूर्ण रूपमा सही भएको अर्थ नलाग्ने बताए ।

लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘पार्टी नयाँ परिस्थितिमा एक भएको हो । पार्टी एक हुँदैमा इतिहासमा गरेका गल्तीहरूको सामूहिक स्वामित्व लिनै पर्छ भन्ने छैन ।’

तर नेकपाभित्र पछिल्लो समयमा एकले अर्कोलाई स्वीकार्ने परिस्थिति बन्दै गइरहेको देखिन्छ । २५ वर्षअघि शुरू भएको जनयुद्धलाई लिएर पार्टीभित्र हुने वैचारिक मतभेदले एकता प्रक्रियालाई नै असर नपरोस् भन्नेमा शीर्ष नेताहरू सजग देखिन्छन् ।

तत्कालीन जनयुद्धका प्रखर आलोचक मानिने प्रधानमन्त्री समेत रहेका ओली नै अहिले सबैका अध्यक्ष बनेका छन् । उनले तत्कालीन माओवादीलाई प्रहार गर्न प्रयोग गरेका शब्दका वाणहरू अझै पनि इन्टरनेटमा यत्रतत्र भेटिन्छन् ।

केही दिनअघि मूलधारका सञ्चारमाध्यमका सम्पादकहरूसँग बालुवाटारमा कुरा गर्दै ओलीले भने, ‘तपाईंहरू कल्पना गर्न सक्नुहुन्छ, एमाले कहाँ थियो ? माओवादी कहाँ थियो ? वल्लो डाँडा र पल्लो डाँडाबाट तोप हानाहान गर्थे धुमधामसँग । म त झन् सारो तोपका गोलाका गोला ठोक्थें । त्यस्तो अवस्थामा हामी एकतामा आइपुगेका छौं । बाइचान्स यस्तो मौकाले भेट भए जस्तो होइन । सचेत अवस्थाबाट गरिएको एकता हो ।’

प्रधानमन्त्रीको त्यो अभिव्यक्तिले पूर्व माओवादी प्रतिको तुष पूर्णरूपमा मेटिएको सन्देश दिन्छ । प्रधानमन्त्री ओली मात्र नभएर पार्टीका अन्य तहमा पनि एक समूहले अर्को समूहलाई हेर्ने विचार परिवर्तन गर्नुपर्ने सन्देश ओलीको अभिव्यक्तिमा पाइन्छ ।

माघ १५ गते शुरू भएको पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै ओलीले अझै पनि पार्टी पूर्ण रूपमा अन्तरघुलित हुन बाँकी रहेको बताएका थिए ।

‘हामी अहिले पनि अन्तरघुलित हुन बाँकी नै छ । भावनामा होइन, यथार्थतामा पुगेर अघि बढ्नुपर्छ । सबै सदस्यले त्यसमा विचार पुर्‍याउँ । कतिपय आकर्षक कुराहरू मात्रै होइन, गन्तव्यमा कसरी पुग्ने त्यो हेर्नुपर्छ । कहिलेकाहीँ हामीलाई क्रान्तिकारी कुरा गर्न मन लाग्छ । त्यसरी अघि बढ्न सकिँदैन । भ्रमपूर्ण अभिव्यक्तिहरू दिन हुन्न,’ ओलीले यसो भन्दा राष्ट्रिय सभागृहको हल तालीले गुञ्जिएको थियो ।

माघ १९ गते समापन भएको केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले गुट–उपगुट छुट्याएर सञ्चारमाध्यमले आफ्नो अपमान गरेको भन्दै आक्रोश पोखे ।

‘हामीलाई यो कोटरीको र त्यो कोटरीको भन्दै टाउका जोडेर सञ्चारमाध्यममा समाचार प्रकाशित हुने गरेको छ,’ ओलीले आक्रोश व्यक्त गर्दै भनेका थिए, ‘हामी कुनै गुटका होइनौं ।’

बालुवाटार स्रोतले प्रधानमन्त्री ओली आफैंले जनयुद्ध दिवसमा गरिने कार्यक्रमबारे चासो राख्ने गरेको बतायो । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वयको भेटघाटमा ओलीले जनयुद्ध दिवसका दिन आयोजना हुने कार्यक्रममा आफू सहभागी हुन चाहेको बताएका थिए ।

स्रोतका अनुसार प्रचण्डले स्वास्थ्यभन्दा पार्टीको कार्यक्रम ठूलो नरहेको भन्दै ओलीलाई आराम गर्न आग्रह गरेका थिए । ‘कमरेड प्रचण्डले गरेको आग्रहलाई प्रधानमन्त्रीले मान्नुभएन,’ स्रोतले लोकान्तरलाई बतायो ।

बरू पार्टी अन्तरघुलनको चरणमा रहेकाले यस्ता कार्यक्रममा हुने उपस्थितिले महत्त्वपूर्ण सन्देश जाने भन्दै ओलीले आफूसमेत सहभागी हुने गरी कार्यक्रमको खाका तयार गर्न महासचिव विष्णु पौडेललाई निर्देशन दिएका थिए । पोहोरको जनयुद्ध दिवसमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् ।

लोकान्तरसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंले तत्कालीन दुवै पार्टीको विगतलाई दुवै पक्षले सम्मान गरेर मात्र एकताको वास्तविक अनुभूति हुने बताउँछन् ।

‘पार्टीभित्र दुवै पक्षका बीचमा भावनात्मक सम्बन्धको विकास हुँदै गइरहेको छ,’ चौलागाईंले भने, ‘एकले अर्काको विगतको सम्मान गर्ने परिस्थितमा हामी सबै आइसकेका छौं । भोलि हुने कार्यक्रममा प्रधानमन्त्री ओली समेतको उपस्थिति हुनुलाई हामीबीच इतिहास स्वीकार्ने विषयमा कुनै मतभेद नभएको अर्थमा बुझ्न सकिन्छ ।’

पार्टीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पनि जनयुद्ध दिवसका दिन दुवै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम राखिएकोमा आफू खुशी रहेको बताए ।

‘यो एकदम सकारात्मक कुरा हो,’ लोकान्तरसँग कुरा गर्दै पौडेलले भने, ‘प्राविधिक रुपमा एक भइसकेपछि पनि भावनात्मक रूपमा एक हुने पहलकदमी नेताहरूले लिइरहनुभएको छ । जनयुद्ध दिवसको दिन दुवै अध्यक्षले एउटै मञ्चबाट सम्बोधन गर्नुले पार्टी एकताको सन्दर्भमा खास अर्थ राखेको छ ।’

नेकपा बागमती प्रदेशका सचिव तथा पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले पार्टी एकता भएदेखि हालसम्म नेतृत्वको निर्णयलाई सबैले शिरोपर गरेर अघि बढेको स्मरण गरे । ‘यो अन्तरघुलनको प्रक्रिया २०७४ सालको असोजमा २ पार्टीको गठबन्धन बनेपछि शुरू भएको थियो,’ लोकान्तरसँग कुरा गर्दै पोखरेलले भने, ‘पार्टीको निर्णयलाई कही कसैले अस्वीकार गरेको स्थिति छैन ।’

उनले पार्टीभित्र व्यक्तिगत महत्त्वाकांक्षा राख्ने स्वार्थी प्रवृत्ति देखिएपनि त्यो बिस्तारै न्यूनीकरण हुँदै गइरहेको टिप्पणी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x