०४ असार २०८३, बिहीबार

शिशिरकुमार ढुंगाना बने अर्थसचिव

शिशिरकुमार ढुंगाना बने अर्थसचिव

सरकारले राजस्व सचिव शिशिरकुमार ढुंगानालाई अर्थसचिवको जिम्मेवारी दिएको छ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले ढुंगानालाई अर्थसचिव बनाउने निर्णय गरेको हो।

अर्थसचिव राजन खनालले २२ माघमा अवकाश पाएपछि उक्त पद रिक्त थियो।   

ढुंगाना ०७३ माघ २० गते सचिवमा बढुवा भएका थिए।

ढुंगाना मुलुककाे अर्थव्यवस्था, राजश्व संरचना, आर्थिक समृद्धिका पाटा तथा अर्थसम्बन्धी चुनौती, सम्भावना र अवसरहरु लगायतका विषयमा अनुभवी एवम् परिपक्व मानिन्छन्।

उनको करिअरको लामो समय अर्थ मन्त्रालय तथा अन्तर्गतका निकायमा बितेको छ। 
  
 

salt training

कमेन्ट गर्नुहोस्