गायक देवेन्द्र बब्लुले ‘एक्लै जान सक्छौ र ?’ बोलको गीत सार्वजनिक गरेका छन् ।
बब्लुले बुधवार आफ्नै यूट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।
गीतको लय तथा शब्द पनि बब्लु स्वयंकै रहेको छ ।
अनिल के मानन्धरले निर्देशन गरेको गीतको भिडियोमा देवेन्द्र बब्लु र स्नेहा पौडेलले अभिनय गरेका छन् ।
युवायुवतीबीचको प्रेम र विछोड देखाइएको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।
देवेन्द्रका 'कसरी कसरी', 'बुढाबुढी' गीत हिट छन् ।
भिडियो हेर्नुहोस् :