२८ जेठ २०८३, बिहीबार

डडेल्धुरामा बस र हाइस ठोक्किए, ३ जना घाइते

फागुन ३, २०७६
डडेल्धुरामा बस र हाइस ठोक्किए, ३ जना घाइते
प्रतिकात्मक तस्वीर

डडेल्धुरा जिल्लाको साहुखर्कमा बस र हाइस एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।

शनिवार दिउँसो धनगढीबाट अछामतर्फ गइरहेको ना६ख १९८० नम्बरको बस र दिपायलबाट धनगढी फर्किरहेको से१ख १७३६ नम्बरको हाइस एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा हाइस चालकसहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले बताए । घाइतेहरूको उद्धारका लागि एम्बुलेन्स पठाइसकेको उनले जानकारी दिए । 

दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्