
प्रहरीले बाँकेको नेपालगन्जबाट अवैध लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले करिब १ ग्राम लागु औषधसहित जुम्ला चन्दननाथ नगरपालिकाका योगेन्द्र मल्ल र हरि थापालाई शनिबार पक्राउ गरेको हो।
रुपैहडियाबाट नेपालगन्जतर्फ आउँदै गरेका उनीहरुलाई जाचँ गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको जनाइएको छ।