०१ असार २०८३, सोमबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

मुलुकका विभिन्न ८ वटा जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ११ जनाको ज्यान गएको छ। 

काठमाडौं, चितवन, झापा, कैलाली, मोरङ, मकवानपुर, सिरहा र सिन्धुलीका विभिन्न स्थानमा शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौँ : काठमाडौं महानगरपालिका १५ भगवानपाउमा बा ३ ख ५१३४ नम्बरको ट्याङ्करले प्रदेश नम्बर ३-०२-००४ प ११५१ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिकाका साइरस गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रे भुम्लु गाउँपालिका १२ घर भई हाल काठमाडौं लाजिम्पाट प्रज्वल ठकुरीलाई मनमोहन अस्पताल स्वयम्भू हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल रिफर गरिएको छ। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन: भरतपुर महानगरपालिका १० मा ना २९ प ८८४५ नम्बरको स्कुटर र ना ५२ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको छ।

दुर्घटनामा गम्भीर घाइते  स्कुटर चालक दिबाकर घिमिरेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

झापा: बाह्रदर्शी गाउँपालिका २ गच्छीमारीमा मे १ त ६८२३ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका एक जनाको ज्यान गएको छ।

ट्याक्टरमा सवार सुनिल मुर्मुको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलाली : गोदावरी नगरपालिका २ तेघरीमा से ७ प ४०७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना भएको छ।

गम्भीर घाइते भएका मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिकाका पदम निधी पण्डितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङ: सुन्दरहरैचा नगरपालिका ८ सलकपुरमा को ३७ प १७ नम्बरको मोटरसाइकल र को ३४ प ६६०२ नम्बरको मोटरसाइकल शुक्रबार राति एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको छ।

दुर्घटनामा को ३७ प १७ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैचा नगरपालिकाका विशाल खत्री र को ३४ प ६६०२ नम्बरको मोटरसाइकलका चालक अर्पण गुरागाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य २ जनाको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ।

बुढीगंगा गाउँपालिका १ ढाटमा को १ ख ७३०९ नम्बरको टिपर र प्रदेश २ ०१ ००१ प १६०८ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी चन्नी मल्हनिया गाउँपालिका हरेराम साह र मोटरसाइकलमा सवार सिरहा सुखिपुर नगरपालिकाका मोहमद अजिर राईनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सप्तरी रुपनीका धनराज यादवको सोही अस्पतालमा उपचार भइरहेको छ  टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुर: मनहरी गाउँपालिका ६ सुनाचुरीमा ना ६ ख २३७ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको छ।

गम्भीर घाइते भएका ट्रकमा सवार रुपन्देही रोहनी नगरपालिकाका अक्बर खानको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ट्रकमा सवार रोहनी नगरपालिकाका मक्बुल महरु मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ। फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

सिरहा: मिर्चैया नगरपालिका २ मल्हनियाँ चोकमा ना ५ ख ४९९२ नम्बरको बसले ज ११ प ६३६४ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिएको छ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक कल्याणपुर नगरपालिका ९ डुमरीका सुफिलाल यादवको मंगलमा अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुली: कमलामाई नगरपालिका ११ मा ना ३ त ३८९७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री जयबहादुर वाईबाकी छोरी ४  वर्षीया यस्तर वाईबाको शनिबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुली हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्