०२ असार २०८३, मंगलबार

एकै दिनमा रोम पनि बनेन : प्रधानमन्त्री ओली

फागुन ४, २०७६
एकै दिनमा रोम पनि बनेन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालका लागि सरकारले बिरुवा रोपेको तर फल प्राप्त हुन समय लाग्ने बताएका छन्।

सरकारको दुई वर्षको उपलब्धि विवरण शनिबार संसद्मा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, 'सरकारले शुरू गरेका काम अहिल्यै फुलिसके/फलिसके भन्ने होइन। बिरुवा रोप्ने काम भएको छ। कतै उम्रिँदै छन्, कतै टुसाउँदै छन्,
कतै हुर्किदै पनि छन्।'

प्रधानमन्त्री ओलीले भने, 'रोम वाज नटबिल्ट इन वान डे (एकैदिनमा त रोम पनि बनेको थिएन) ।' उनले जनतामा अनुभूति हुने गरी सरकारले दुई वर्षमा केही काम गरेको दाबी गरे।

सरकारले प्रगतिका आँकडा प्रस्तुत गर्दा जनताको इम्प्रेसनको कुरा उठाउने गरिएको भन्दे प्रधानमन्त्री ओलीले भने, 'यस्ता तर्क सुन्दा बेलाबेलामा म विस्मित हुने गर्छ भनो कि जस्तो पनि लाग्छ- ठिकै छ । अंकमा होइन, अनुभूति नै सही इन्डेक्स होइन,इम्प्रेसनकै कुरा गरौं न त !'

प्रगतिका अंक र आ‌ंकडामा प्रश्न गर्ने गरिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्