२३ जेठ २०८३, शनिबार

नागढुंगा सडकखण्डको स्तरोन्नतिको काम शुरू

फागुन ४, २०७६
नागढुंगा सडकखण्डको स्तरोन्नतिको काम शुरू

सरकारले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रूपमा रहेको नागढ़ुंगा सडकखण्डको स्तरोन्नतिको काम शुरू गरेको छ।

डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम शुरू गरेको हो । करिब २२ सय मिटर लम्बाइमा कालोपत्रे थप्ने काम दुई सातासम्म हुनेछ।

आगामी २० चैतसम्म काम सक्नेगरी ठेक्का सम्झौता भए पनि १० दिनमा कालोपत्रे थप्ने काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । त्यस अवधिसम्म सवारी आवतजावतमा समस्या पर्ने भएको छ । राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्