
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रहरी सहायक निरीक्षक (असई) उमेश केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बलात्कार मुद्दाका प्रतिवादी पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भनी घुस मागेको आरोपमा पक्राउ परेका केसीविरुद्ध आइतबार मुद्दा चलाइएको हो।
अख्तियारका अनुसार केसीविरुद्ध ६० लाखको बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।