२८ जेठ २०८३, बिहीबार

वैदेशिक लगानी प्रतिवद्धता २ खर्ब, भित्रियो १२ अर्बमात्र

फागुन ५, २०७६
वैदेशिक लगानी प्रतिवद्धता २ खर्ब, भित्रियो १२ अर्बमात्र

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार संघीय संसद्को प्रतिनिधिसभामा वैदेशिक लगानी उत्साहजनक रूपमा वृद्धि भएको दावी गरे पनि तथ्यांक भने ठीक उल्टो  देखिएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा आफ्नो नेतृत्वको सरकारका दुई वर्षे उपलब्धिहरु बुँदागत रूपमा सार्वजनिक गरेको भोलिपल्टै सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा भने वैदेशिक लगानी उत्साहजनक रूपमा  वृद्धि नभएको देखाउँछ ।

प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन्, "विदेशी तथा आन्तरिक लगानी प्रतिवद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएको छ। चालू वर्षमा मात्र झण्डै २ खर्ब रुपैयाँको लगानी प्रतिवद्धता थपिएको छ । लगानी बोर्डले गत डेढ़ वर्षमा३ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।"

तर, राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको आर्थिक स्थितिअनुसार प्रत्यक्ष वैदेशिक लगानीका लागि जम्मा १२ अर्ब २० करोड २९ लाख रुपैयाँमात्र प्राप्त भएको छ।

अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ३६ करोड २५ लाखमात्र लगानी भित्रिएकोमा यस वर्ष १७९.७ प्रतिशतले बढे पनि प्रधानमन्त्रीले दावी गरेअनुसार ठूलो परिमाणमा लगानी भित्रिएको भने छैन ।कारोवार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्