११ असार २०८३, बिहीबार

कोरोना कहर : जापानमा संक्रमितको संख्या ३ सय २६ पुग्यो

फागुन ५, २०७६
कोरोना कहर : जापानमा संक्रमितको संख्या ३ सय २६ पुग्यो

जापानमा शनिवार एकैदिन ७५ जना कोरोना भाईरसका नयाँ बिरामी भेटिएका छन् ।

राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाईरसको संक्रमण पाइएको छ ।

यसैगरि योकोहामा पोर्टमा रहेको पानी जहाँजमा थप ६७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार योकोहामा पोर्टमा रोकि राखिएको डाईमण्ड प्रिन्स ऋ्रुजमा ६७ नयाँ संक्रमित सहित २ सय ८५ जनामा कोरोना संक्रमण पाइएको छ ।

पानी जहाँजमा भेटिएका २ सय ८५ र जापानको विभिन्न स्थानमा भेटिएका समेत गरि जापानभर कोरोना भाईरसबाट संक्रमितको संख्या ३ सय  २६ पुगेको छ । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्