०२ असार २०८३, मंगलबार

योगदानमा आधारित सामाजिक सुरक्षा– आयकरको सीमा बढाइयो

फागुन ५, २०७६
योगदानमा आधारित सामाजिक सुरक्षा– आयकरको सीमा बढाइयो

दोहोरो करको द्विविधाका कारण योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएकालाई योगदानकर्ता थपिने बाटो केही हदसम्म खुलेको छ।

सरकार गुठन भएको दुई वर्ष पुगेका अवसरमा शनिवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आयकरको सिलिङमा दुई लाख रुपियाँ बढाएसँगै योगदानकर्तालाई केही सहज भएको हो ।

प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत आयकरको सिलिङका कारण कोषमा सूचीकृत हुने योगदानकर्तामा रहेको द्विविधालाई सम्बोधन गर्न सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेले आयकर प्रयोजनका लागि आफ्नो आयबाट
घुटाउन पाउने रकमको सीमा तीन लाखबाट पाँच लाख रुपियाँ कायम भएको घोषणा गरे।

यसअघि भएको व्यवस्थामा वार्षिक तीन लाख रुपियाँसम्म कोषमा जम्मा हुँदा कर छुट थियो भने त्योभन्दा बढी हुनेको आयकरको ३६ प्रतिशत कर लाग्थ्यो ।

अहिलेको यो व्यवस्थाले पाँच लाख रुपियाँसम्म लाग्दैन । उनले योगदानमा आधारित सुरक्षा योजनालाई सरकारले 'नयाँ युगको थालनी' भनेको राष्ट्रिय अभियानको उक्त योजनालाई योगदानकर्ताको सामाजिक अनिच्छा जस्ता आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्