२३ असार २०८३, मंगलबार

अनौठो पहिरनमा बिली पोर्टर

फागुन ५, २०७६
अनौठो पहिरनमा बिली पोर्टर

हलिउडका अभिनेता तथा गायक सार्वजनिक मञ्च तताउन अनौठो पहिरनका कारण सधैं चर्चामा रहन्छन्।

गोल्डेन ग्लोब अवार्डदेखि मेट गालाको कार्यक्रममा बिली एकदम अलग पहिरनमा देखिए।

गोल्डन ग्लोबको अवार्डमा उनी सेतो फेदर्स गाउनका साथ सेतै हाई हिल जुत्ता लगाएर चर्चामा रहे। महिलाहरूले झैं कपडा लगाएको यो उनको पहिलो घटना भने थिएन।

सन् २०१९ मा भएको मेट गाला अवार्डमा उनले २४ क्यारेटको गोल्ड हेडपिस र १० फिट लामो विंग्स तथा क्याटसुटमा रेड कार्पेट हिँडेका थिए।

यसैगरी ग्रामी अवार्डमा बिलीले हल्का नीलो रङको टर्किस जम्पसुट र ज्याकेट लगाएका थिए। झालर लगाएर निकै खास किसिमले बनाइएको टोपीले बिलीको पूरै अनुहार ढाकिएको थियो। उनले भनेका छन्, ‘म जहिले पनि यस्तो पहिरन लगाउन चाहन्छु, जुन आर्टजस्तै देखियोस्।’ अन्नपूर्ण पोस्टमा  खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्