निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे कानूनमन्त्री बन्ने भएकी छिन् ।
उनलाई आजै अपराह्न सपथ गराउने तयारी रहेको स्रोतले जानकारी दियो ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानूनमन्त्रालयको कार्यवाहक जिम्मेवारी भानुभक्त ढकालले सम्हालेका थिए ।
तुम्बाहाम्फेले उपसभामुखबाट गत माघ ६ गते राजीनामा दिएकी थिइन् ।