१९ असार २०८३, शुक्रबार

प्रदूषित वायुले उपत्यकामा तुवाँलो, उडानसमेत प्रभावित हुन सक्ने

प्रदूषित वायुले उपत्यकामा तुवाँलो, उडानसमेत प्रभावित हुन सक्ने
फाइल तश्वीर

पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

'मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना छैन,' मौसमविद् अर्यालले भने ।

मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ वर्षा हुने मौसमी प्रणाली विकसित हुनुपर्ने मौसमविद्को भनाइ रहेको छ ।

मौसमविद् अर्यालका अनुसार बुधबारबाट नयाँ मौसमी प्रणाली विकास भई आकाश खुल्ला हुने सम्भावना रहेको छ ।

वायुमण्डलको प्रदूषणले अन्तर्राष्ट्रिय उडान भने प्रभावित हुनसक्ने खतरा बढेको जनाइएको छ ।

मौसमविद्का अनुसार वायुमण्डलको पारदर्शिता तीन हजार मिटरभन्दा कम भएमा अन्तर्राष्ट्रिय उडान गर्न सकिँदैन । अन्तर्राष्ट्रिय उडानमा वायुको पारदर्शिता तीन हजार मिटरसम्म हुनुपर्छ ।

सो भन्दा कम भएमा उडान प्रभावित हुन सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्