२८ जेठ २०८३, बिहीबार

सफाइ पाएपछि केही नबोली अदालतबाट बाहिरिए महरा

फागुन ५, २०७६
सफाइ पाएपछि केही नबोली अदालतबाट बाहिरिए महरा
फाइल फोटो

बलात्कार प्रयासको मुद्दामा सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महरा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई अदालतबाट बाहिरिएका छन् ।

जबरजस्तीकरणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महरालाई सोमवार सफाइ दिएको हो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुँदैछन् । गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा थिए ।

त्यहाँबाट महरा सिधै डिल्लीबजार कारागार प्रस्थान गरेका छन् । अदालतको फैसलासम्बन्धी पत्र प्राप्त भएपछि कारागारले महरालाई रिहा गर्नेछ ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । 

बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो ।

महराविरुद्ध किटानी जाहेरी दिने महिलाले यसबीचमा बयान फेर्दै महरालाई रिहा गर्न अदालतमा लिखित निवेदन नै दिएकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्