०४ साउन २०८३, सोमबार

कानून मन्त्री नायकको एमालेलाई प्रश्नः विदेशीको पैसाले संगठन विस्तार गर्ने अनि राष्ट्रवादको कुरा गर्ने ?

कात्तिक २०, २०७४
कानून मन्त्री नायकको एमालेलाई प्रश्नः विदेशीको पैसाले संगठन विस्तार गर्ने अनि राष्ट्रवादको कुरा गर्ने ?
भक्तपुर ६ पुस– कानून मन्त्री अजय शंकर नायकले राष्ट्रवादको कुरा गर्ने र मधेशको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानिय तहको निर्वाचन भएको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै नायकले वर्तमान समयमा जसले जे भने पनि राष्ट्रको पहिलो आवश्यकता र सबैको मिलनबिन्दु स्थानिय तहको निर्वाचन भएकाले मधसी मोर्चा र एमालेले आ–आफ्नो हठ् त्याग्दै निर्वाचनको वाताबरण श्रृजना गर्ने तर्फ लाग्नु पर्ने बताएका हुन् ।

सबैले स्थानिय तहको निर्वाचनको बिषय उठाइरहेका छन् तर समितिमा होस् वा संसदमा निर्वाचन बिद्येक रोकिएको अवस्था छ भने प्रतिपक्षले बोलीमा एक र ब्यवहारमा अर्कै रुप देखाएकै कारण निर्वाचन बिद्येक संसदमा रोकिएको भन्दै शंकरले निर्वाचन बिधेक पास गरि तोकियकै समयमा निर्वाचन गर्ने तर्फ अगाढी नबढे नेपाल र नेपालीले ठूलो क्षती भोग्नु पर्ने बताए ।

संसद अवरुद भइरहको अवस्थामा नेपाली निराष भएको बुझ्दै राष्ट्रिय पार्टीहरुको राष्ट्रिय भूमिका रहनु पर्ने भन्दै आवश्यक परे राष्ट्रको निकासका लागि राष्ट्रिय सहमतीको सरकार निमार्ण गरी निकास दिनु पर्नेमा नायकले जोड दिए । 

वर्तमान समयमा एमालेले परम्परागत प्रतिपक्षको भूमिका भन्दा पनि राष्ट्रिय पार्टीको नेतृत्वको भूमिका खेल्दै राष्ट्रको आवश्यकतालाई बुझ्दै अगाडि बढेर निकासको लागि अग्रसर बन्नु पर्नेमा जोड दिए ।

स्थानीय तहको निर्वाचन सबैका अघि एक चुनौतिको रुपमा देखिएको भन्दै आयोगको रिपोर्ट सरकारले नबुझेको भन्ने बिषय गलत भएको र आयोगको रिपोर्ट बुझ्नै पर्ने र केही प्रक्रिया अझैं बाँकि रहेको र आयोगले समेत केही बिषय समेट्न नसकेको र केही बाँकिरहेकाले हतारमा निर्णय लिँदा थप जटिल बन्ने भएकाले समस्या सम्बोधन गर्दै आयोगको रिपोर्ट बुझ्ने काम र आयोगलाई थप सुझाव दिने काम छिट्टै हुने नायकले बताए ।

प्रतिपक्षको भूमिका रहेको एमालेले जसरी राष्ट्रवादको कुरो गरिरहेको छ यो समय सान्दर्भिक नभएको भन्दै विदेशीको पैसोले पार्टीको संगठन बिस्तार गर्ने र राष्ट्रवादको कुरो गर्नु अमिल्दो रहेको उनको टिप्पणी थियो ।

salt training

कमेन्ट गर्नुहोस्