
अख्तियार दुरुपयोग अनुसन्धान विभागले काठमाडौैँ महानगरपालिकाका सवइन्जिनियर गणेश ठकुल्लालाई घुस रकमसहित पक्राउ गरेको छ।
जिल्ला आयोजना कार्यान्वयन ईकाई बबरमहल, काठमाडौं मार्फत महानगरको विपद व्वस्थापन विभागमा कार्यरत ठकुल्लाले भूकम्पपीडितसँग २० हजार घुस लिएको अख्तियारको दाबी छ।
घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिइरहेका बेला जिल्ला समन्वय समितिको क्यान्टिनबाट पक्राउ गरिएको जनाइएको छ।