०६ असार २०८३, शनिबार

पूर्वसभामुख महरालाई अदालतबाट सफाइ

फागुन ६, २०७६
पूर्वसभामुख महरालाई अदालतबाट सफाइ

जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरामाथिको अभियोग दावी नपुग्ने फैसला गरेको हो । करिब चार महिनापछि उनीले अदालतबाट सफाइ पाएका हुन् ।

फैसलामा चित्त नबुझे सरकारले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने छ। अदालतको आदेशअनुसार महरा सोमवार नै कारागारबाट रिहा समेत भएका छन्।

जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले महरालाई अभियोगबाट सफाइ दिने फैसला गरेको बताए। उनले भने, 'अभियोग दाबीबाट प्रतिवादीलाई सफाइ पाउने फैसला भएको छ । फैसलाको आधार र राय लेखिएको छ तर पूर्णपाठ तयार भइसकेको छैन।' गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्