०७ असार २०८३, आइतबार

रूपन्देहीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

फागुन ६, २०७६
रूपन्देहीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

रूपन्देहीमा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट ४ वटा मोरसाइकल र चोरी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले समातेको छ ।   

इलाका प्रहरी कार्यालय बुटवलले फागुन १ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पार्किङ गरी राखेको लु५८प ५५१७ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल, तिलोत्तमा भलवारीबाट फागुन ४ गते लु१६प ४२१३ नम्बरको होण्डाको डियो स्कुटर, बुटवल देवीनगरबाट लु४३प ४६५५ नम्बर यमाहाको मोटरसाइकल र लु३३प ३०५ नम्बर प्लेट टाँस भएको एभेन्जर मोटरसाइकल र लु३२प ९२५९ नम्बर प्लेट टाँसिएको मोटरसाइकल प्रहरीले बरामद गर्न सफल भएको हो । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले २ दिनको सर्च अभियानबाट उनीहरूलाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा रूपन्देहीकै ६ जना युवकहरू रहेका छन् । जिल्लाको सैनामैना १ का २६ वर्षीय दिपक थापा, सोही ठाउँका २२ वर्षीय सुजन थापा, २५ वर्षीय जीवन पुन मगर, देवदह ११ का ३३ वर्षीय लक्ष्मण गिरी देवदहकै २५ वर्षीय धर्मेन्द्र काहर र ३६ वर्षीय धर्मेन्द्र चमार रहेको भट्टराईले जानकारी दिए ।

मोटरसाइकल चोरी भएको उजुरी दिएपछि प्रहरीले विशेष सर्च अभियान चलाएको थियो ।

कमेन्ट गर्नुहोस्