
रोजगारीका रागि साउदी अरब गएकामध्ये सप्लाइ र कन्ट्राक्टिङ कम्पनीमार्फत काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलब सुविधा नपाउने गरेको पाइएको छ ।
साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब नपाएर बिचल्लीमा पर्ने गरेको पाइएको हो ।
यसरी बिचल्लीमा परेर नेपाली दूतावासमा उजुरी दिनेमध्ये सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूमा काम गरिरहेका नेपाली महिला धेरै छन् । कारोबार दैनिकमा खबर छ ।