एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त शाखा कार्यालयको मंगलवार औपचारिक रुपमा उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो ।
एक समारोहका बीच सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।
उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।