
नेपाली बजारमा सुनको भाउले एक पछि अर्को गरी नयाँ कीर्तिमान रचिरहेको छ । बुधवार सुन इतिहासकै सर्वाधिक महंगो मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार छापावाल सुनको मूल्यमा ४ सय रुपैयाँले वृद्धि भएको हो ।
मंगलवार छापावाल सुन प्रतितोेला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार तेजावी सुनको मूल्यमा पनि वृद्धि भएको छ । यस्तो सुन प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसदिन चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँ पुगेको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य महंगिएसँगै यसको व्यापार चौपट भएको व्यवसायी तेजरत्न शाक्यले लोकान्तरलाई बताए । विवाहको समयमा सुनको मूल्य बढ्दा कारोबार हुन नसकेको सुनाए ।