२९ जेठ २०८३, शुक्रबार

चीनले द वाल स्ट्रीट जर्नलका तीन पत्रकारलाई गर्‍यो देशनिकाला

फागुन ८, २०७६
चीनले द वाल स्ट्रीट जर्नलका तीन पत्रकारलाई गर्‍यो देशनिकाला

चिनियाँ सरकारले द वाल स्ट्रीट जर्नलका तीनजना पत्रकारको प्रेस पास रद्द गरेको र पाँच दिनभित्र देश छोडेर जान भनेको घोषणा बुधवार गरेको छ । विदेशी मिडियाका प्रतिनिधिलाई यसरी ठूलो संख्यामा निकालिएको विगत ३० वर्षमा यो पहिलो अवसर हो । 

अमेरिकी पत्रिका द वाल स्ट्रीट जर्नलका सम्पादक म्याट मरेले यो ‘कठोर र अभूतपूर्व कारवाही’ भएको बताए र आफूहरूले यसलाई उल्ट्याउनका लागि काम गरिरहने बताए । 

कोरोनाभाइरस रोक्नका लागि चीनको व्यवस्थापनमाथि अन्तर्राष्ट्रिय निगरानी बढेको बेलामा यसरी पत्रकार निकालिएको हो । पत्रिकाका एक संवाददाता चाओ देङ अहिले वुहानमा छिन् र कोरोनाभाइरसको कथा बताउने क्रममा उनले आफ्नो स्वास्थ्यलाई समेत दाउमा राखेकी छन्, मरेले आन्तरिक परिपत्रमा बताए ।

प्रेस ब्रीफिङमा बोल्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ शुआङले पत्रिकामा आएको एक आलेखका कारण पत्रकारको प्रेस पास खोसिएको बताए । उक्त आलेखको शीर्षक थियो– चीन एसियाको वास्तविक बिरामी मान्छे हो ।

‘सम्पादकहरूले जातिविभेद हुने किसिमको शीर्षक राखे र यसले चिनियाँ जनतामा तथा अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याएको छ,’ गेङले भने। 

पत्रकार निकालिएको विषयमा छापिएको एक लेखमा द वाल स्ट्रीट जर्नलले देङ, संवाददाता फिलिप वेन र डेपुटी ब्यूरो चीफ जोश चिनलाई देश छोडेर जान पाँच दिनको समय दिइएको लेखेको छ ।

चिनियाँ अधिकारीहरूले चीनमा रहेका विदेशी सञ्चारमाध्यमप्रति असन्तुष्टि जनाउन वा दबाब दिन भिसामा नियन्त्रण गर्ने गरेको छ । 

तर अन्तर्राष्ट्रिय पत्रकारलाई देशनिकाला गर्ने कदम अलि असाधारण किसिमकै छ ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्