२५ जेठ २०८३, सोमबार

प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल रोक्न लेखा समितिको निर्देशन

प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल रोक्न लेखा समितिको निर्देशन

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

यसै प्रकरणमा ७० करोड घूसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले डील गर्दै गरेको अडियो सार्वजनिक भएपछि समितिले प्रिन्टिङ प्रेस खरिदसम्बन्धी प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।

प्रिन्टिङ प्रेस खरिदसम्बन्धमा छलफल गर्न पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै समिति बैठक बसेको थियो ।

मन्त्रीको अडियो समेत सार्वजनिक भइसकेको अवस्थामा यसलाई अघि बढाउनु उचित नहुने निष्कर्षसहित प्रक्रिया रोक्न निर्देशन दिइएको समितिका एक सदस्यले जानकारी दिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका नेपालस्थित एजेन्टसँग ७० करोड घूसका लागि डील गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।

उक्त भिडियो सार्वजनिक भएपछि तत्काल राजीनामा गर्न मन्त्री बाँस्कोटामाथि दबाब छ ।

salt training

कमेन्ट गर्नुहोस्