३० जेठ २०८३, शनिबार

अडियो प्रकरणमा बोल्यो स्विस दूतावास– एजेन्ट भनिएका व्यक्तिसँग हाम्रो कुनै सम्बन्ध छैन

अडियो प्रकरणमा बोल्यो स्विस दूतावास– एजेन्ट भनिएका व्यक्तिसँग हाम्रो कुनै सम्बन्ध छैन

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपालस्थित एजेन्टसँग तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि नेपालस्थित स्विट्जरल्यान्ड दूतावासले यस प्रकरणमा दूतावासको कुनै किसिमको संलग्नता नरहेको प्रस्ट पारेको छ ।

दूतावासले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग कुनै बैठक नभएको र यस सम्बन्धमा बैठक गर्ने कुनै योजना नरहेको पनि प्रस्ट पारेको छ ।

'सञ्चारमन्त्रीसँग कुनै पनि बैठकका लागि दूतावासले अनुरोध नगरेको र समाचारमा उल्लेख गरिएको विषयमा भेट गर्ने कुनै योजना पनि नरहेको स्विस दूतावास स्पष्ट पार्छ । समाचारमा स्विस कम्पनीको एजेन्ट भनी उल्लेख गरिएका व्यक्तिका बारेमा दूतावासलाई कुनै जानकारी छैन र उससँग कुनै कारोबार पनि गरिएको छैन,' दूतावासको विज्ञप्तिमा भनिएको छ ।

अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीवार दिउँसो मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्