अर्थमन्त्री डा. युवराज खतिवडासँग अमेरिकाको कंग्रेसका सदस्यद्वय सदस्यद्वय जर्ज होल्डिग र अमी बेराले भेटवार्ता गरेका छन्।
भेटमा अर्थमन्त्री खतिवडाले अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।
उनले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए। खतिवडाले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यहाँ उत्पादन भएका वस्तुको बजारका लागि समस्या नहुने बताए।
विश्वका धेरै जनसंख्या भएका मुलुक छिमेकी देश भएकोले विश्व वजारको केन्द्र विन्दुमा नेपाल भएको उनले बताए। खतिवउहाँले गतबर्ष भएको लगानी सम्मेलनमा अमेरिकीका निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवाद समेत दिए।
खतिवडाले एमसीसी अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्वीविधा नभएको उल्लेख गर्दै उनले सहायता सम्झौता संसदबाट अनुमोदन हुने आवश्वासन लिए।
अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका थिए।