३० जेठ २०८३, शनिबार

१० किलोमिटर पैदल हिँडेर तिवारीको शव यात्रा, आजै अन्त्यष्टि हुँदै

कात्तिक २०, २०७४
  १० किलोमिटर पैदल हिँडेर तिवारीको शव यात्रा, आजै अन्त्यष्टि हुँदै
काठमाडौं, ६ पुस — युवा संघ रुपन्देहीका कार्यावाहक अध्यक्ष दुर्गा तिवारीको हत्या भएको तीन दिनपछि बुधवार अन्त्येष्टि गरिने भएको छ । बुटवल बजार देखि तिवारीको घर देबदह सम्म हिँडेर शवयात्रा गरिएपछि उनको शवलाई अन्त्यष्टि गरिने अनेरास्ववियुका नेता नमराज पाण्डेले बताए । बुटवलदेखि देबदहम सम्म १० किलोमिटर सडकमा सवयात्रा गरिँदै छ ।
उनको शवलाई देबघाटमा अन्त्यष्टि गरिने युवासंघले जनाएको छ । उनको अन्त्यष्टिमा एमालेका उपमहासचिव घनश्याम भुसाल र सचिव विष्णु पौडेले उनको अन्त्यष्टिमा सहभागि हुँदै छन् । प्रहरीले हत्यारालाई तत्कालै पक्राउ गर्ने आश्वासन दिएपछि युवा संघ तिवारीको अन्त्यष्टि गर्नसहमत भएको हो ।
सोमवार तिवारीको देबदह बजारमा गोली हानेर हत्या गरिएको थियो । प्रहरीले तिवारीका दुस्मन मनोज पुन उनको हत्यामा संलग्न भएको आशंका गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्