
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले भेरीगंगा नगरपालिकाका प्राविधिक चित्रबहादुर केसीलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
भेरीगंगा नगरपालिकाको वडा नम्बर १० मदानेचौरस्थित किराना पसल अगाडिबाट केसीलाई नियन्त्रणमा लिइएको अख्तियार सुर्खेतका प्रमुख शेषनारायण पौडेलले जानकारी दिए।
उनका अनुसार नगरपालिकाकोको तल्लो बराहस्थित झोलुंगे पुल निर्माणको भुक्तानी दिलाउने भन्दै घुस लिइरहेका बेला केसी पक्राउ परेका हुन्।