
बाँके प्रहरीले लागुऔषध चरेससहित एक युवकलाई कोहलपुरबाट पक्राउ गरेको छ।
प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ केजी चरेससहित आकाश आरसीलाई पक्राउ गरेको हो।
प्रदेश ५ अपराध अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर बस्दै आएका आरसीलाई चरेससहित पक्राउ गर्न सफल भएको हो।