२७ जेठ २०८३, बुधबार

शुभेच्छुकलाई बालकोट बोलाएर बास्कोटाले भने-अप्ठ्यारो मान्नु हुँदैन

शुभेच्छुकलाई बालकोट बोलाएर बास्कोटाले भने-अप्ठ्यारो मान्नु हुँदैन
शुभेच्छुकसँग छलफल गर्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा। तस्बिर : सूर्य थापाको फेसबुकबाट।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएपछि सञ्चारमन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटाले शुभेच्छुकहरुलाई बालकोटमा बोलाएर छलफल गरेका छन्।

प्रेस खरिद प्रक्रियामा रहेका बेला घुस अडियो टेप सार्वजनिक भएपछि उनले बिहीबार प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिएका थिए। 

राजीनामा पश्चात उनले शुभच्छुकहरुलाई बालकोट बोलाएर ‘प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको’ बताएका हुन्। 

उनले  यो प्रकरणमा  अख्तियार, सीआइबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्ने  बताएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा उल्लेख गरे अनुसार बास्कोटाले शुभेच्छुकमाझ भनेका छन्, ‘जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, केके होला, सात  वटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएको हो। यसमा पिर मान्नु पर्दैन।’

salt training

कमेन्ट गर्नुहोस्