
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार हालसम्मकै उच्च रकमको शेयर खरिद–बिक्री भएको छ ।
नेप्सेमा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।
नेप्सेमा बिहीवार भएको शेयर कारोबार रकम हालसम्मकै उच्च हो । बिहीवार उच्च कारोबार हुँदा नेप्से परिसूचक समेत करिब ३० अंकले बढेको छ ।
नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढेपछि बजार सूचक समेत बढेको हो ।
नियमित कारोबारमा नेप्सेले बिहीवार पहिलो पटक कीर्तिमान कायम गरेको स्टक ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले पुष्टि गरे । कारोबार दैनिकमा खबर छ ।