नेपाली सेनाले शुक्रवार (फागुन ९ गते) शिवरात्रिको दिन सेना दिवस मनाइरहेको छ ।
शिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा खुल्ला मञ्चमा हर्ष बढाईं र सैन्य कौशल प्रर्दशन गर्दै सेना दिवस मनाइरहको हो ।
राजधानीको टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटालगायतका भीभीआईपी, भीआईपी तथा सरकारी कर्मचारीहरू सहभागी छन् ।
सेनाले हेलिकप्टरबाट प्यारासुट र पुष्पवृष्टि गर्ने, हातहतियार, कवाज प्रदर्शन गरिरहेको छ ।