
स्विट्जरल्यान्डमा रहेको संसारको सबभन्दा ठूलो प्रयोगशाला सर्नको प्रांगणमा भगवान् शिवको नटराज अवतारको प्रतिमा राखिएको छ ।
आफूहरू सृष्टि कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको अनि वर्तमान सृष्टि संहारपछि नै नवीन सृष्टि हुने भएकाले संहारक शिवजीको मूर्ति राखिएको सर्नका वैज्ञानिकहरूको भनाइ छ ।
अनि नासाको हबल टेलिस्कोपले खिचेका तस्वीरहरूमा भक्तजनले शिवको आकृति देख्ने गरेका छन् ।

त्यसो त नासाको एक शिव प्रोजेक्ट पनि छ । एसएचआईभीए अर्थात् स्पेसफ्लाइट होलोग्राफी इन भर्चुअल अपारेटस प्रोजेक्टले पर्यावरण र अन्तरिक्षमा भएका अत्यन्तै सूक्ष्म कणहरूको गुरुत्वाकर्षण शक्तिको अध्ययन गर्छ ।
नासाको न्युक्लियर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप (नुस्टार) ले सन् २०१४ मा एक नेबुलाको तस्वीर लियो । त्यसको नाम राखियो ह्यान्ड अफ गड । हात जस्तो देखिने यो नेबुला पृथ्वीभन्दा १७ हजार प्रकाशवर्ष टाढा छ । विज्ञानको भाषामा
यसलाई पल्सर विन्ड नेबुला भनिन्छ । हिन्दू आस्थावानहरूले यसलाई भगवान् शिवको हात मान्ने गर्छन् ।

सन् २०१७ मा नासाको हबल टेलिस्कोपले अन्तरिक्षमा अनेकौं आकारका बादलहरूको समूह देख्यो । त्यो त्रिशूल जस्तो देखिन्थ्यो ।
अनि सन् २०१० मा नासाको हबल टेलिस्कोपले पृथ्वीभन्दा ७५०० प्रकाशवर्ष टाढा ग्यासहरूको एक झुप्पो देख्यो । त्यसको नाम राखियो क्यारिना नेबुला । नवजात ताराहरू बन्दा निस्कने ग्यासले यो बनाएको थियो । मानिसहरूले त्यसमा जटाधारी शिवको आकृति देखे ।
नासाको एक अध्ययनमा अन्तरिक्षबाट खसेको उल्कापिण्डबाट पहिलो डीएनए आएको बताइन्छ । उक्त उल्कापिण्ड शिवलिंग जस्तो देखिन्छ ।
